२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

पाटन नगरपालिका २ जलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए। ऐर भिरबाट लडेर करिब १० मिटर तल ग् सडकमा परेककी थिइन्।

मृतक ऐरका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन्।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०८० असार १७

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP