२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

पाटन नगरपालिका २ जलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए। ऐर भिरबाट लडेर करिब १० मिटर तल ग् सडकमा परेककी थिइन्।

मृतक ऐरका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन्।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८० असार १७

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP