२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

अछाममा पाँच दिन देखी अबरुद्ध भएको यातायात सुचारु

अछाम – अछामको यातायात सुचारु भएको छ। बसको ठक्करबाट मृत्यु भएका हेमराज कुँवरका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि यातायात सुचारु भएको हो। जिल्लाको साँफेमा बजार तथा यातायात बन्द गरेको पाँच दिनपछि पूर्ण रुपमा सुचारु भएको अछाम प्रहरीले बताएको छ।
बिज्ञापन

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा पीडित, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने हेलिकप्टर मार्फत काठमाणडौ लैजादा लागेको खर्च सुन्दर सुदुरपश्चिम यातायात प्रालिले बेहोर्ने सहमतिपछि यातायात सुचारु भएको हो।

साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै चैत १९ गते बसको ठक्करबाट कुँवर घाइते भएका थिए। कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो। सुप्रप ०१–००१ ख ३१५४ नम्बरका बसले हेमराजलाई ठक्कर दिएको थियो। मृतकका श्रीमती र दुई छोरी रहेका छन्।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र २९

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP