२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

लागूऔषधसहित धनगढीका दुई युवक पक्राउ

धनगढी – कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ चैत्र २८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP