२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

बच्चासहित एक सुत्केरी महिलाको मृत्यु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित एक सुत्केरी महिलाको मृत्यु भएको छ।

आइतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका-२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको हो। डाक्टरको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

स्थानीयले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन्। चैत १८ गते सुत्केरी मिति भए पनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन्। उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरूले चासो नदिएको बताइन्।

उनले सुत्केरीलाई ज्वरो आउने र सास फेर्न अफ्ठ्यारो हुने भएपछि मात्रै स्वास्थ्यकर्मीले चासो दिनेगरेको बताइन्।

तर अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताए।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ चैत्र २७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP