अछाम – अछामका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या हुँदै आएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह र ९१ वडा भएको अछाममा अहिलेसम्म दरबन्दीअनुसारका कर्मचारी व्यवस्थापन हुन सकेका छैनन् ।
अहिले स्थानीय तह करारका कर्मचारीकै भरमा सञ्चालन भइरहेका छन । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता गराउने अधिकारीका रूपमा प्रत्येक वडामा स्थानीय पञ्जिकाधिकारी तोकिएको हुनुपर्छ । अछामका अधिकांश वडामा करार सेवामा नियुक्त स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटरजस्ता प्राविधिक कर्मचारीलाई पञ्जिकाधिकारी जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करार जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ स्वीकृत गरेपछि स्थानीय तहले धमाधम कर्मचारी भर्ना गर्न थालेका हुन । तिनै कर्मचारी अहिले स्थायी कर्मचारीलाई अधिकांश स्थानीय तहले स्थायी कर्मचारीले मात्रै गर्न पाउने काममा लगाइएका छन ।
जिल्ला सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाका १४ वडामध्ये ५ वडामा कृिषतर्फका र अन्य तर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । ‘करार कर्मचारीलाई स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी दिन नपाइने व्यवस्था छ । त हामीसँग स्थायी कर्मचारी नै छैनन । पहिले आएकाहरू अहिले सुगम ठाउँ खोजेर सरुवा भइसकेका छन
।‘नगरपालिकामा नयाँ स्थायी कर्मचारी आउँदा २ वर्षसम्म अन्त सरुवाका लागि सहमति दिन नसकिने नियम लागू गरेका थियौं । अहिले धेरै कर्मचारीको सेवा अवधि मंगलसेनमा २ वर्ष पूरा भएसक्यो ।
‘अहिले पशु र कृषि शाखाका स्थायी कर्मचारीलाई पञ्जिकाधिकारीको जिम्मेवारी दिइएको छ,’ प्रशासकीय अधिकृत सोडारीले भने, ‘प्रशासनतर्फका कर्मचारीले वडामा काम गर्दा जति प्रभावकारी देखिन्छ त्यति अन्य कर्मचारी खटिँदा हुँदैन ।’नगरपालिकामा स्वीकृत स्थायी दरबन्दी ७३ जनाको भए पनि अहिलेसम्म २९ जना मात्रै स्थायी कर्मचारी रहेको उनले बताए ।
जिल्लाकै चौरपाटी गाउँपालिकाका ७ वडामध्ये कुनै पनि वडामा दरबन्दीअनुसारको वडा सचिव नभएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए ।एकै कर्मचारीलाई वडा सचिव र स्वास्थ्य चौकीसमेत हेर्नुपर्ने दोहोरो जिम्मेवारी दिँदा दुवै क्षेत्रको काम प्रभावकारी हुन सकेको छैन,’ उनले भने । कर्मचारी समायोजन गर्ने बेला गाउँपालिकामा आवश्यक कर्मचारीको संख्या लोक सेवा आयोगसँग माग गरेपछि त्यसको केही समयपछि कर्मचारी आएको पनि उनले बताए । ‘तर अहिले स्थानीय तहका कर्मचारीले पनि सरुवा हुन पाउने व्यवस्था भएपछि दुर्गम भनेर धेरै जसो आफूलाई पायक पर्ने स्थानमा जान थालेका छन ।
कमलबजार नगरपालिकामा पनि स्थायी दरबन्दीअनुसारका कर्मचारी नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । उनका अनुसार ५० जना स्थायी दरबन्दी स्वीकृत भएको कमलबजार नगरपालिकामा अहिले १६ जना मात्रै स्थायी कर्मचारी छन् । उनका अनुसार नगरका १० वडामध्ये ८ वडामा भरखरै स्थायी कर्मचारीले वडा सचिवको जिम्मेवारी पाएका छन् । २ वडामा अहिले पनि करारका कर्मचारीलाई जिम्मेवारी दिइएको उनले बताए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...