धनगढी – सहिद गेट -क्याम्पस गेट सडक कालोपत्र गर्दा निर्माण कम्पनीले लापरबाही गरिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।
सडक कालोपत्र गर्दा निर्माण कम्पनीले नेपाल टेलिकमको म्यानहोल भएको ठाउँमा कि खाल्डो छोडेको कि त सडक सतहभन्दा म्यानहोलको सतह अग्लो छोडिएको गुनासो गरिएको हो।
एडिबीको ऋण सहयोगमा निमार्ण भइरहेका यो सडमा कालोपत्र गर्दा निर्माण कम्पनीले लापरबाही गरेको शिवनगर घर बताउने जगतप्रसाद जोशीको छ। उनले निर्माण कम्पनीले कालोपत्र गर्दा सडक सतहमा पानी जम्ने बनाएको बताए। सडक कालोपत्र गर्दा पानी जम्ने गरि बनाइएको छ। म्यानहोल भएको ठाउँमा पानी जम्ने खाल्डो हुने गरि सडक कालोपत्र गरिएको छ, उनले भने, सहिद गेट देखि क्याम्पस गेटसम्म जहाँजहाँ म्यानहोल र पुल छन त्यो ठाउँमा पानी जमेर ताल हुने गरि सडक निर्माण गरिएको छ।
सहिद गेट९ क्याम्पस गेट सडकको पुरानो मुख्यमन्त्री चोकको म्यानहोल भएको ठाउँमा सडक भत्किन लागेको छ भने तारानगरको मामाभान्जा चोकमा म्यानहोल भएको ठाउँमा खाल्डो देख्न्न सकिन्छ। यस्तै, सुकुटी पुलभन्दा केही अगाडि म्यानहोल सडक सतहभन्दा निकै उचो छ भने शिवनगरको हाम्रो डेरीनेरको म्यानहोलमा पानी जम्ने गरि कालोपत्र गरिएको देख्न सकिन्छ। कैलाली नालाको पुलमा कालोपत्र गर्न छोडिएको छ
तर, निर्माण कम्पनीले भने म्यानहोलको काम फेरि गरिने बताएको छ। निर्माण कम्पनीका सम्पर्क व्यक्ति प्रकाशचन्द्र खरेलले सडकको काम नसकिएकाले कैफियत देखिएको ठाउँमा फेरि मर्मत गरिने बताएका छन्। सडक निर्माण गर्दा सडक सतहमा पानी नजम्ने हिसावले कालोपत्र हुनुपर्ने स्थानीयले माग गरेका छन्।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...