२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

अवैध लागूऔषधसहित दुई जना पक्राउ

धनगढी – धनगढीमा अवैध लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र १९

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP