२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

मच्छर मार्न धुप बाल्दा आगलागी,एकै परिवारका छ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा आगलागीमा परेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार नयाँ दिल्लीको शास्त्री पार्क क्षेत्रमा एक स्थानीयको घरमा बिहीबार राति मच्छर मार्न बालेको धुपबाट आगो लाग्‍दा ६ जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका हुन्।

मृत्यु हुनेमा ४ पुरूष र १ महिला र १ ढेड वर्षका बालक छन्।

आइटीका क्राइम हिमांशु मिश्राले बताएअनुसार बिहीबार राति ९ बजेतिर शास्त्री पार्कको मच्छी मार्केट नजिकै एक घरमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७९ चैत्र १७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP