२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

कैदी बन्दीलाई उचित व्यवस्थापन गर्नुपर्ने नेविसंघको माग

दिपायल – नेपाल विद्यार्थी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयमा रहेका कैदीहरुलाई उचित खानेपानी र शौचलायको व्यवस्थापन नभएको कारणले नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा व्यवस्थापन नहुँदा उनीहरूलाई सरुवा रोगको सङ्क्रमण बढ्न सक्ने समस्या देखिरहेको हुनाले उक्त समस्यालाई समयमै न्यूनीकरण गर्नका लागि तथा कैदीहरुलाई स्वच्छ वातावरणमा बसाउनु पर्ने माग राख्दै नेबिसंघ कैलालीले ज्ञापन पत्र बुझाएको अध्यक्ष मनिष कुँवरले बताउनु भयो ।

नेबिसंघ नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, विकृति विसंगतिलाई न्यूनीकरण गर्नको लागि स्थापना कालदेखि नै सक्रिय भूमिका निभाउदै आइरहेको र अझै निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिने अध्यक्ष कुँवर बताउनु भयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलले माग जायज रहेको र पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छु, बताउनु भएको छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र १७

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP