२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

एसिसी प्रिमियर कपको लागि नेपाली टोलीको नाम सार्वजनिक

काठमाडौँ – नेपालमा हुन गइरहेको एसिसी प्रिमियर कप क्रिकेटको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।कप्तान रोहित पौडेलको कप्तानीमा २१ सदस्य प्रारम्भिक टोली नाम सार्वजनिक गरिएको हो ।

१९ वर्ष मुनिको राष्ट्रिय टोलीका कप्तान युवा ब्याटर देव खनाल सिनियर टोलीमा फर्किएका छन्।अर्जुन साउदलाई पनि टोलीमा समेटेको छ।टोलीमा यस अघि लिग २ मा सहभागी खेलाडी नै छ परिवर्तन भएको छैन।देव खनालले नेपाललाई यू१९ विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका थिए।नेपालले आइसिसी विश्वकप लिग २ मा सानदार प्रदर्शनपछि खेलाडीलाई १५ दिन बिदा दिएको थियो।

मुख्य प्रशिक्षक मोन्टी देशाईपनि विदा मनाउन भारत गएका थिए।मोन्टी शनिबार नेपाल आइपुग्नेछन्।नेपालले लिग २ मा पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ एक दिवसीय मान्यता जोगाउनुको साथै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो । एसिसी प्रिमियर कप क्रिकेट वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म नेपालको किर्तीपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ।

सार्वजनिक भएको नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ चैत्र १५

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP