काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका वडा नं १ बुखेलमा नेकपाका कार्यकर्ताले वडाका कर्मचारीलाई निर्मम कुटपिट गरेका छन् ।
नेकपाले नै जितेको उक्त वडामा कार्यरत कर्मचारी रामकृष्ण सञ्जेललाई वडा अध्यक्ष खोमप्रसाद गौतमसँग निकट नेकपाकै कार्यकर्ताले सोमबार साँझ आक्रमण गरेका हुन् ।
घाइते भएका सञ्जेलको अनुहारमा चोट लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । कर्मचारीलाई आक्रमण गर्ने नेकपा कार्यकर्ता बाबु लामा पूर्व प्रहरी समेत हुन् ।
लामाको कुटाइबाट घाइते भएका सञ्जेललाई उपचारका लागि एम्बुलेन्समा सुमेरु अस्पताल ल्याइएको छ ।
नेकपा कार्यकर्ताबाट आफ्नो कार्यकक्षमै कुटाइ खाएपछि सञ्जेलले डाँको छोडेर रोएका छन् । सञ्जेललाई रक्ताम्य हुने गरी कुटिएको थियो ।
वडाध्यक्ष गौतमसंग सम्पर्क गर्दा उनले के कारणले कुटाकुट भएको भन्नेबारे आफूले अहिलेसम्म जानकारी पाउन नसकेको मंगलबार बिहान बताए ।
राहतको विषयमा कुनै आक्रमण नभएको तर के कारणले भएको भनेर जानकारी पाउन नसकेको उनले बताए ।
आक्रमण गर्ने लामालाई समेत टाँका लगाउनु परेको उनले बताए । गौतमले भने, ‘आक्रमणको कारण नै थाहा पाउन सकिएन, उहाँहरुबीच त्यस्तो रिसइबी पनि भएजस्तो लाग्दैन ।’
तर अहिलेसम्म कारण नै थाहा नभएको बताउने गौतमको भूमिकालाई लिएर भने प्रश्न उब्जिएको छ ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...