२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

विश्वास गुमाउँदै शिवशिखर सहकारी, बचत रकम फिर्ता माग्नेको भीड


दिपायल- शिवरशिखर बहुद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको भिड लाग्ने गरेको छ । शेयरधनी बचतकर्ताहरुले लगानी डुब्ने चिन्ताले बचत गरेको रकम फिर्ता माग्न थाले पछि सहकारीका विभिन्न शाखाहरुमा भीड लाग्न थालेको हो ।

देशका विभिन्न जिल्लाहरुमा शाखा रहेको उक्त सहकारी संस्थाले वचत कर्ताहरुको विश्वास गुमाउदै गएको छ । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम झिक्न नपाएपछि देशैभरका शाखाहरुबाट बचतकर्ताहरु रकम झिक्न दैनिक लाइन लाग्न थालेका छन् । यसको असर सुदूरपश्चिममा पनि परेको छ । शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएको विषय बाहिर आएपछि त्यसको प्रभाव कञ्चनपुर, डडेल्धुराहुँदै कैलालीसम्म परेको छ ।

शिवरशिखरको डडेल्धुरा शाखामा रकम झिक्न गएका बचतकर्ताहरुलाई पाँच हजार मात्र फिर्ता दिन सकेको समाचार बाहिरिएपछि बचतकर्ताहरु झन् त्रसित बनेका छन् । यस्तै सो सहकारीको कैलाली शाखामा पनि बचत रकम फिर्ता माग्ने शेयरधनी बचतकर्ताहरुको भीड लागेको छ । लगानी डुब्ने चिन्ताले शेयरधनी बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन् ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको धनगढी शाखा शेयरधनीले मंगलबार घेराउ गरेका छन् । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न शाखा कार्यालय पुगेका छन् ।

सहकारीमा राखिएको पैसा जोखिममा परेकोले फिर्ता माग्न आएको बचतकर्ता शेरधनीहरु बताउँदै आएका छन् । सहकारीमा आफुहरुले राखेको रकम जसरि पनि फिर्ता हुनुपर्ने उनीहरुको माग छ । ‘सहकारीले हामीलाई ब्याज उपलब्ध नगराए पनि हाम्रो बचत गरेको रकम जसरी भए पनि फिर्ता गर्नुपर्छ,‘एक जना बचतकर्ताले भने,‘हैन भने हामी आन्दोलन गछौं ।’

सहकारीले आफुहरुबाट रकम संकलन गरेर सहकारीका सञ्चालकहरुले आफ्नो कामका लागि अन्त लगानी गरेको बचतकर्ताहरुको आरोप छ । धनगढी शाखामा बचतकर्ताहरु आइतबार देखि रकम फिर्तामाग्न धाइरहेका भए पनि सहकारीका कर्मचारी भने सहकारी बन्द गरेर सम्पर्कविहिन भएको उनीहरुको गुनासो छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७९ माघ २४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP