२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

रास्वपाले गृहमन्त्रालय नछाड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान लिने भएको छ । पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृहमन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए ।

अर्यालले पार्टीगत हैसियतका आधारमा मन्त्रालय भागबन्डा गरिँदा आफ्नो पार्टीले गृह पाएको उल्लेख गर्दै अरुलाई नछाड्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौं । यो विषय आज टुंगिन्छ ।’

निवर्तमान पार्टी सभापति रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिने तयारी गरेका छन् । यदि उनले तत्काल नागरिकता पाएको खण्डमा फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुन सक्छ । ६ महिनाभित्र चितवनमा उपनिर्वाचन भएर रवि फेरि संसदमा फर्किन र मन्त्रालयमा निरन्तरता दिन सक्छन् ।

यो सम्भावनालाई पनि अर्यालले नकारेनन् ।

उनले भने, ‘हाम्रो अप्सनमा त्यो पनि छ । यसमा पनि छलफल गर्नेछौं,’ उनले भने ।

रविको नागरिकतामाथि अदालतले शुक्रबार फैसला सुनाएको थियो । त्यसै दिन रास्वपाको वैठक बसेर अर्याललाई पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता चयन गर्‍यो । यदि आज रविले नागरिकता पाए भने उनी तत्काल पार्टीको कमाण्डमा फर्किन बाटो खुल्नेछ ।

यस विषयमा अर्यालले भने, ‘केन्द्रीय समितिले जे निर्णय लिन्छ, हामी त्यही नै गर्छौं ।’

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ माघ १५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP