२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

सुदूरपश्चिममा आइत र सोमबार पानी पर्ने सम्भावना

सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको छ । माघ १५ र १६ गते पानी पर्ने र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

पश्चिमी वायुको सामान्य प्रभावको कारण हाल तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूवार्नुमान महाशाखाले जानकारी दिएको छ । आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । यसैगरी, राति दुवै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

माघ १६ गते सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । त्यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

भारतको मौसम विभागले शनिबार जारी गरेको सूचना हेर्दा सुदूरपश्चिम, कर्णाली प्रदेशको हिमाली, पहाडी भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जानकार धरमराज उप्रेतीले उल्लेख गरेका छन् । तराई क्षेत्रमा हल्का वर्षा, चट्याङ र कतै असिनासमेत पर्न सक्ने उनको भनाइ छ । 

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७९ माघ १४

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP