२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

रविले दिए राजीनामा, पार्टी सभापति पद समेत बदर

सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन्।

त्यसअघि गृह मन्त्रालयबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीले तपाईं अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अनागरिक भएको र बाँकी केही कुरा नसोचेको बताएका थिए।

उनले भनेका थिए, ‘थाहा छैन मलाई, एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन। म अब केही पनि होइन, कहिँको पनि होइन। मसँग कुनै जवाफ नै छैन, परिचय नभएको अनागरिक हुँ म।’

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेको थियो।

नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।

पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७९ माघ १३

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP