२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तारमा ढिलाई

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेको छ । गत २८ गते मुख्यमन्त्रीमा नियुक्त रावलले अहिले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् ।
बिज्ञापन

पद तथा गोपनियताको सपथ लिने क्रममा विना विभागिय मन्त्रीमा दुई जना नियुक्त गरेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकि सन्तोषकुमारी शर्मा थापालाई विना विभागिय मन्त्रीमा नियुक्त भएको एक हप्ता भईसक्दा समेत मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिएपछिमात्र मन्त्रीमण्डल विस्तार गर्ने देखिएको छ । मन्त्री विस्तार गर्न मुख्यमन्त्री रावल केन्द्रको निर्देशन कुरिरहेको देखिन्छ । सोहीबारे छलफल गर्न उनको नेतृत्वमा एक टोली काठमाण्डौ जान लागेका छन् ।

मुख्यमन्त्री रावलसहितको टोली काठमाण्डौ जान लागेका छन एक प्रदेश सभा सदस्यले भने प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरि प्रदेश मन्त्रीमण्डल तथा विश्वासको मत लगायतका विषयमा छलफल हुने छ ।

माग र मुद्धा पूरा हुनुपर्ने अडान राखिरहेका नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरी सहित सोही दलका प्रदेश सभा सदस्यहरू पनि काठमाण्डौ जान लागेका छन् । उनीहरूले कारागारमा रहेका रेश्म चौधरीसंग भेटघाट गर्ने छन् । मुख्यमन्त्री रावललाई विश्वासको मत दिने या नदिनेबारे छलफल गरेर फर्कने छन् ।

मन्त्रीमण्डल विस्तार नभएपछि सम्पूर्ण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री रावलले लिएका छन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ माघ ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP