पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको पुष्टि भएको छ।
हालसम्म ६८ जनाको शव घटनास्थलबाट निकालिसक्दा उनको पनि मृत्यु भएको पुष्टि भएको हो। सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन्।
उनको शवको सनाखत भइसकेको छ। प्रहरीले पहिचानको लागि उनको शवलाई ‘बडी नम्बर ५३’ उल्लेख गरेको छ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...