धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन्। माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर रावलले दाबी पेस गरेका हुन् ।
नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो। बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।
मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ।
।
डडेल्धुरा- डडेल्धुरामा चरेशसहित २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–७...