दिपायल – राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल डोटी शाखाको अध्यक्षमा खगेश्वरी साउद निर्वाचित भएकी छिन् । प्रतिष्ठानको तेश्रो अधिवेशनबाट साउदको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा हिमालय टेलर, दोश्रो उपाध्यक्षमा निर्मला खत्री र महिला उपाध्यक्षमा ज्ञानु साउद सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा क्षत्रकमल पाठक, सह- सचिवमा केशवराज फुलारा, कोषाध्यक्षमा प्रिन्स नेपाली र सह- कोषाध्यक्षमा दल बहादुर भण्डारी निर्वाचित भएका छन्।
सदस्यहरुमा अस्मिता विश्वकर्मा, दीपक खाती, दीपक नेपाली, दीपा नागरी, सोनिया नेपाली निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ भने दुई जना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्णय गरेको छ ।
अधिवेशनबाट ४ जना प्रदेश प्रतिनिधि पनि छनोट गरिएको छ । प्रदेश प्रतिनिधिमा खगेश्वरी साउद, प्रेम नेपाली, शेर साउद र निर्मला खत्रीलाई निर्विरोध चयन गरिएको हो ।
निवर्तमान अध्यक्ष प्रेम नेपालीको अध्यक्षतमा सम्पन्न अधिवेशनमा प्रदेश सदस्य अम्बिका राई प्रमुख अतिथि रहेको थिइन् । राईले नवनिर्वाचित कार्समितिलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरेकी थिइन् ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान देशका सबै जिल्ला र प्रदेशमा कार्यसमिति रहेको छ । सुदूरपश्चिम प्रेदेशको अधिवेशन २२ र २३ गते धनगढीमा आयोजना हुने भएको छ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...