२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ

कैलाली- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भीडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा ८ राण्ड हवाई फाएर र अश्रु ग्यास छोडेको छ ।

हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ बर्षिय किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित बनेका थिए ।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

घटना पछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी मध्य एक दर्जन भन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

मृतकका आफन्तल, निर्माण कम्पनि र प्रशासन विच जिप्रकामा छलफल चलिरहेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ मंसिर १६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP