२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

वडा सदस्य कुवँरद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

कैलाली- गौरीगंगा नगरपालिका वडा नं. ६ का वडा सदस्य टेकबहादुर कुवँरले आफ्नो जन्मदिनका अवसरमा खाद्यान्न सहयोग गरेका छन् । कवँरले बनबेहडा स्थित आफ्नो वडा कार्यालयलाई पाँच क्विन्टन चामल सहयोग गरेका हुन् ।

४७औं जन्मदिनको अवसर पारेर लकडाउनका कारण दैनिकी चलाउँन असहज भएका अति विपन्न, गरिव तथा मजुर परिवारका लागि वडा कार्यालय मार्फत खाद्यान्न सहयोग गरेको वडा सदस्य कुँवरले बताए । उनले मंगलबार वडा कार्यालयमै पुगेर वडाध्यक्ष कमला शर्मालाई चामल हस्तान्तरण गरेका थिए ।

खाद्यान्न बुझ्दै वडाध्यक्ष शर्माले वडाका विपन्न, गरिव तथा मजुर परिवारलाई उक्त सामग्री वितरण गर्ने बताउँदै कुवँरलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।

कुवँरले जनप्रतिनिधि भए देखि प्रत्येक बर्ष डेढ देखि दुई लाख सम्म सामाजिक कार्यका लागि प्रदान गर्दै आएका छन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख २

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP