२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

सशस्त्र प्रहरीका दुई सय आठ जना क्वारेन्टाइनमा

संक्रमित व्यक्तिलाई पक्राउ गर्ने सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएन

लकडाउन तथा सीमा बन्दको बेला भारतबाट छिरेका कोरोना संक्रमितलाई पक्राउ गरेर क्वारेन्टाइन पठाउने सशस्त्र प्रहरीमा कोरोना संक्रमण नभएको पाइएको छ । उनकाे नमुना परीक्षण रिपोर्ट काेराेना नेगेटिभ आएको छ । 

गत १४ चैतमा भारतबाट छिर्ने क्रममा पक्राउ परेका कञ्चनपुरका ४१ वर्षीय पुरुष संक्रमित भएको खुलेको थियो । 

उनलाई पक्राउ गरेर सशस्त्र प्रहरीले क्वारेन्टाइनमा पठाएको थियो । पक्राउ गर्नेसमेत कञ्चनपुरका करिब डेढ सय प्रहरी क्वारेन्टाइनमा राखिएको थियो । 

उनीहरु सबैको परीक्षण गर्दा नेगेटिभ आएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए । ती व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि आफ्नो गाडीको पछिल्लो भागमा एक्लै राखेर क्वारेन्टाइन पठाएको थियो । 

दुई सय आठ जना क्वारेन्टाइनमा 
सशस्त्र प्रहरीका दुई सय आठ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यसमध्ये धेरै जसो सीमा क्षेत्रमा खटिएकाहरु छन् । सीमा बन्दको बेलामा पनि भारतबाट कतिपय आएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने भएकाले प्रहरीहरु जोखिममा छन् । 

कोरोनाको लक्षण नदेखिएका कतिपयलाई पनि क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ब्यारेकमा एकजनाबाट धेरैलाई छिट्टै सर्न सक्ने भएकाले ज्वरो देखिने वित्तिकै क्वारेन्टाइनमा राख्ने गरिएको हो । 

पाँच हजार प्रहरी थपियो 
सरकारले भारतसंगको सीमामा पाँच हजार सशस्त्र प्रहरी थप गरेको छ । 

यसअघि करिब दुई हजार खटिने गरेकोमा हाल पाँच हजार थपेर सात हजार पुर्‍याइएको छ । सीमामा ११ सय ७६ वटा पोष्टमार्फत निगरानी गरिएको प्रवक्ता श्रेष्ठले बताए । 

गृह मन्त्रालयले पहाडी तथा हिमाली जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई पनि सीमामा खटाउन निर्देशन दिएको छ । सीमामा पर्याप्त जनशक्ति नहुँदा सीमाबाट हुने आवातजावत पूर्ण रुपमा बन्द हुन नसकेपछि संख्या बढाइएको हो । 

भारतमा कोरोना संक्रमण तिव्र गतिमा बढेकाले नेपालमासमेत त्यसबाट  जोखिम हुने भएकाले सीमामा प्रहरी थप्न लागिएको जनाइएको छ ।

Related News

भूकम्पले बझाङमा वडा कार्यालय ध्वस्त, पालिकाको जमीन चिराचिरा
भूकम्पले बझाङमा वडा कार्यालय ध्वस्त, पालिकाको जमीन चिराचिरा
  • २०७७ बैशाख २

दिपायल – पश्चिम नेपालमा आएको भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा...

TOP