२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कैलाली ४ मा सहमति जुट्यो , स्थगित भएको मतगणना सुरु

धनगढी– कैलाली-४ को मतगणना पुन: सुरु भएको छ ।अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि तीन घण्टा देखि मतगणना स्थगित भएको थियो । अहिले सहमति जुटिसकेकोले मतगणना सुरु भएको जनाएको छ । 

कैलाली  ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलायरले २ हजार २७० ले अग्रता लिएका छन् ।बलायरले एमालेका उम्मेदवार लेखराज भट्टलाई गोदावरी र गौरीगङ्गाको केही वडाको मतगणनामा पछि पारेका हुन ।

अहिले सम्म ४६ हजार ३१७ मत को गणना सकिएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भट्टले १६ हजार ९०२  मत प्राप्त गरेका छन् भने बलायरले १९ हजार १७२ मत पाएका छन् ।

अहिलेसम्म क्षेत्र नम्बर ४ मा रहेका २९ वडा मध्य २३ वडा को मत गणना सकिएको छ । अब १७ हजार ८४१ मत गणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो । 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ मंसिर ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP