२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ घाइते

दिपायल- कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ।

शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन्। ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ।

दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। हिक्मतको टाउकोमा र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ। यस्तै अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन्।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ मंसिर ३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP