२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

केदार विपद ब्यवस्थापन टिमद्वारा राहत हस्तान्तरण

प्रकास बम
डोटी- श्री केदार विपद ब्यवस्थापन टिमले राहत सामग्री हस्तान्तरण गरेको छ । टिमले शिखर नगरपालिका -१ कपल्लेकी लाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

`सेवा नै धर्म हो´भन्ने मुल उदेश्यका साथ सुरु गरिएको श्री केदार विपद व्यवस्थापनको टीमले आइतबार वडाध्यक्ष खडक शाहीलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत अभियन्ता कलेन्द्र शाहीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ (कोरोना भाइरस ) को कारण सृजित लकडाउनका कारण अफ्ठेरोमा परेका वडाबासीका लागि वडा मार्फत राहत वितरण गरेको बताए । उनले भाइरसका कारण असहज मानविय जिवन र संकटको घडीमा सबैलाई सावधानि अपनाउन समेत आग्रह गरे । शाहीले लकडाउनको कारण दैनिकी गुजार्न र स्वास्थ्य सावधानीका लागि अति आवश्यक सामाग्रीको अभावमा रहेका नागरिकहरुलाई सहुलियत पुर्याउने उदेश्यले अभियान थालेको बताए ।

अभियान्ता शाहीका अनुसार वडा मार्फत आइतबार १ सय कठ्ठा चामल, ७ सेट पीपीई, ३ हजार २ सय पीस मास्क, १ हजार ८ पीस साबुन, २० बोरा सोयाविन, ४ लिटर सेनिटाईजर र २० जोडी सर्जिकल समेत गरी २ सय २० जोडा पन्जा हस्तान्तरण गरिएको छ ।

वडामा उक्त अभियान बल राम भट्ट, कलेन्द्र शाही, गणेश शाही, नर ब नेगी लगायतको अगुवाईमा संचालन गरिएको हो ।

Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०७७ बैशाख १

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP