२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

मतदान केन्द्रमा कर्मचारी खटाइदै

 डडेल्धुरा- डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाइन थालिएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १ सय १ मतदानस्थलका १ सय ३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १ सय ५ कर्मचारी छनोट गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’

१ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७९ कार्तिक २९

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP