२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

रेशम चौधरीको पनि उम्मेदवारी खारेज

कैलाली – टीकापुर घट्नामा दोषी ठहर भएर सजाय भोगीरहेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

चौधरीले प्रतिनिधिसभा सदस्यका लागि बर्दिया–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नरेन्द्र लम्सालका अनुसार अदालतबाट दोषी ठहर भएकाले चौधरीको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ मा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने प्रावधान छ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २६

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP