२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

घर फर्कने क्रममा खाेलाले बगाउँदा अछाममा १ महिला बेपत्ता

अछाम – अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

खाेलाले बगाउँदा मंगलसेन वडा नम्बर ११ गिटिखौलाकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी प्रहरीले जनाएकाे छ । आज दिउँसाे २ बजेतिर बयलपाटाबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।

अहिले नेपाल प्रहरी र स्थानीयवासीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी गरिरहेकाे छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP