२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

हतियार बुझाउन अछाम प्रशासनको आग्रह

अछाम – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय अछामले व्यक्तिसँग भएका हतियार बुझाउन आग्रह गरेको छ । इजाजत प्राप्त गरेका हातहतियारहरु आउँदो कात्तिक ५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

जरुरी सूचना जारी गरेर कार्यालयले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचलनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउनका लागि हातहतियार बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामदत्त पाण्डेले जानकारी दिए । प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता लैजान पनि आग्रह गरेको छ ।

बिना इजाजतका भरुवा तथा एयरगनहरु समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको प्रजिअको भनाइ छ । प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचनालाई अटेर गरेमा हातहतियार खोजतलास गरेर कानुनअनुसार कारबाही गरिने उल्लेख छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP