२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा डोटीमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

भैरव प्रसाद गण र समता एक्सन ग्रुपको आयोजनामा तथा सुदूर पश्चिम कलाकेन्दको समन्वयमा आइतबार सिलगढीको इन्द्रचोकमा `सिलगढी सांस्कृतिक´ कार्यक्रम हुन लागेको हो। कार्यक्रम ३ बजे देखि ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको ।

स्थानीय कला ,संस्कृतिको जगेर्ना यसको संरक्षण संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले फूलपातीका दिन कार्यक्रम आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सांस्कृतिक कार्यक्रममा देउडा गीत, भुवा, हुड्केउलि , पुतला नाच लगायतका प्रस्तुति रहने बताए ।

सांस्कृतिक कार्यक्रममा वरिष्ठ डेउडा गायक भुवन प्रसाद दाहाल , डेउडा गायक केशव फुलारा, लोक तथा डेउडा गायक शेर साउँद , प्रेम नेपाली , लोक गायक गणेश जिसी , डेउडा गायक टेक ऐर `पद्धवा चोर´, पवित्रा साँकी `मिस पवि´ लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको आयोजकले जनाएको छ।

पछिल्लो समय भैरव प्रसाद गणले जिल्लामा विभिन्न संघ संस्थाको सहयोग तथा समन्वयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन १५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP