
काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूची सच्याउन कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यान्हदेखि बैठक बसिरहेको छ ।
डा. शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधनका लागि समानुपातिकको सूची सच्याउन लागिएको हो । कोइराला पक्षले आन्दोलन चर्काउने चेतावनी दिएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका थिए ।
‘सभापतिले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फ न्यायोचित ढंगले सिट बाँडफाँट गर्ने प्रतिबद्धता जनाउनु भएको छ, त्यो व्यवहारिकतामा कार्यान्वयन नभए हामी चुप लाग्दैनौँ’, कोइराला पक्षका एक केन्द्रीय सदस्यले भने ।
असोज ३ गते आयोगमा बुझाइएको बन्द सूची सच्याउने म्याद १६ गतेसम्म छ । राष्ट्रिय मान्यता प्राप्त दलले आजसम्म सूची सच्याउनु पर्ने छ ।
कोइराला पक्षका नेताहरूसँग परामर्श नगरी संस्थापन पक्षका नेताहरूले एकपक्षीय ढंगले बन्दसूची तयार गरेपछि कांग्रेसमा असन्तुष्टि चुलिएको छ । बन्दसूची सच्याउन माग गर्दै कोइराला पक्षले बुधवार पार्टी कार्यालयमा धर्ना दिएको थियो ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...