२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

काबुल- अफगानिस्तानको राजधानी काबुलको दश्त-ए-बर्ची छिमेकमा परीक्षा तयारीको लागि खोलिएको एक शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ।

शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको काबुल प्रहरीले जनाएको छ। विस्फोटमा परी अन्य २७ जना घाइते भएको प्रहरीले जनाएको छ।

विस्फोट पश्चिमी काबुलको दश्त-ए-बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरु लक्ष्य गरिएको पाइएको छ।

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। ‘दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका छन्।,’ काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले बताए।

उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ। –अलजजीरा

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन १४

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP