
दिपायल– डोटीका सरकारी कार्यालयले नियमित खानेपानी महशुल नतिरेको पाइएको छ । सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका जिल्लाका १६ वटा सरकारी कार्यालयहरुले १३ लाख ३० हजार बढी महशुल बुझाउन बाँकी रहेको पाइएको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, अदालत, प्रहरी कार्यालय देखि विद्यालय सम्मका कार्यालयहरुले महशुल बुझाएका छैनन् । सरकारी तथा संस्थागत कार्यालयहरुको मात्रै साढे २० लाख महशुल बक्यौता रहेको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिनुभयो । व्यक्तिगत ग्राहकको साढे ११ लाख गरेर जम्मा ३२ लाख बढी रकम बक्यौता रहेको उहाँले बताउनु भयो ।
खानेपानीका ग्राहकहरुले समयमै महशुल नबुझाउँदा प्रशासनिक खर्च व्यवस्थापन गर्न र खानेपानीको मर्मत गर्न समस्या भएको समितिका अध्यक्ष खड्काले बताउनु भयो । व्यक्तिगत र सरकारी ग्राहकहरुलाई पटक–पटक महशुल तिर्न पत्राचार तथा जानकारी गराउँदा समेत अटेर गर्ने गरेको उहाँले बताउनु भयो ।
सरकारी र सँस्थागत गरी ३० वटा कार्यालयले महशुल बुझाउँन बाँकी रहेको छ भने एक सय २७ जना व्यक्तिगत ग्राहकहरुले पनि महशुल बुझाएका छैनन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपलब्ध गराएको विवरण अनुसार सबै भन्दा बढी रकम खेलकुद विकास समितिले तिर्न बाँकी छ । खेलकुद विकास समितिको नाममा दुई लाख ५० हजार बढी रकम बक्यौता छ । त्यस्तै जिल्ला अस्पतालको नाममा एक लाख ९८ हजार, जिल्ला अदालतको नाममा एक लाख १४ हजार, जिल्ला प्रहरी कार्यालयको नाममा ६६ हजार र डोटी ब्यारेकको नाममा ७६ हजार बढी रकम बक्यौता छ । जिल्ला समन्वय समितिका नाममा तीन वटा धाराहरु छन् । तीन वटै धाराको महशुल जोड्दा ९४ हजार बढी रकम बक्यौता रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले समेत १७ हजार बढी महशुल तिर्न बाँकी रहेको छ ।
समितिका अध्यक्ष खड्काले पदभार ग्रहण गरेको १५० दिनमा समितिले गरेका गतिविधिहरुका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । आफु नेतृत्वमा आउनु अघि ३९ लाख बक्यौता रहेकोमा त्यसलाई झारेर बक्यौता रकम ३२ लाखमा पु¥याएको उहाँले बताउनु भयो ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...