२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

चाडबाडमा विपन्न वर्गलाई सहयोग गरौं : नगर प्रमुख बलायर


दिपायल- शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले चाडबाडमा विपन्न वर्गलाई सहयोग गर्न अनुरोध गरेका छन् । दशैं एवं दिपावलिको अवसरमा नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गरिबीको रेखामुनी रहेका विपन्न वर्गलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गरेका हुन् ।

वडा दशैं र तिहार मौलिकता बोकेका चाडपर्व भएको बताउँदै नगर प्रमुख बलायरले एकआपसमा सद्भाव रहने गरेर पर्व मनाउनु पर्ने बताए । “पछिल्लो समय चाडपर्वलाई भड्किलो रुपमा मनाउने प्रचलन बढीरहेको छ,“केही विकृतिहरु पनि बढीरहेका छन् । हामीले आ–आफ्नो तर्फबाट सभ्य नागरिकको परिचय दिदै चाडपर्वलाई मौलिकता जोगाउने र एकआपसमा सद्भाव बाड्ने पर्वका रुपमा मनाउनु पर्छ । भड्किलो खर्चलाई रोकेर आ–आफ्नो टोलमा रहेका विपन्न वर्गलाई सहयोग गर्न सकियो भने सबैको घरमा चाडबाड छाउने छ ।”

नगरबासी लागायत सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै नगर प्रमुख बलायरले यो बीचमा हुनसक्ने सम्भावित घटनाबाट सचेत रहन अनुरोध गरेका छन् । उनले सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु नबोक्न र यात्रु बढी भएको गाडीमा यात्रा नगर्न अनुरोध गरेका छन् ।

नगर उपप्रमुख सुनिता रावल जोराले चाडपर्वमा हुने चोरी, डकैती, जुवातास र घरेलु हिंसाबाट सचेत हुन अनुरोध गरिन् । “चाडपर्वका समयमा बढी जस्तो घरेलुहिंसाका घटना हुने गरेका छन्, उनले भनिन्,“यो समयमा जाँड रक्सिर जुवातासले बढी बिकृति फैलिने गरेको छ । यसको नियन्त्रणका लागि जनप्रतिनिधि, बुद्धीजीबि वर्ग र सुरक्षा निकाय अग्रसर हुनु पर्दछ ।”


कार्यक्रममा बोल्दै वडा नं. ७ का वडाध्यक्ष टेकराज भट्टले संस्कृति, मौलिकता जोगाउदै मानवीय सद्भाव कायम रहने गरेर चाडपर्व मनाउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नगर उपसभापति उद्दव मल्लले भारइचाराको सम्बनध कायम गरेर चाडपर्व मनाउन र मौलिकता जोगाउन अनुरोध गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, कर्मचारी एवं स्थानीयहरुको सहभागिता रहेको थियो ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७९ आश्विन १३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP