२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

खप्तड-शैलेश्वरी गाेल्डकपको उपाधि कैलालीको टिमलाई

दिपायल – डोटीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ फुटबल प्रतियोगिताको उपाधि कैलाली जिल्लाको टिमले हात पारेको छ ।

साेमबार भएकाे कैलाली र भैरव प्रसाद गणकाे फाइनल खेलमा कैलालीले उपाधि जित्न सफल भएकाे हाे । कैलालीकाे टिमले सुन्यका बिरूद्ध २ गाेल हान्दै बिजेता भएकाे हाे ।


बिजेता भएसंगै कैलालीले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेता भैरव प्रसाद गणले ५० हजार नगद तथा ट्रफि, प्रमाणपत्र प्राप्त गरेको छ ।

असाेज ८ गतेदेखि १० गतेसम्म संचालन भएकाे गाेल्डकप फुटबल प्रतियोगितामा ६ वटा टिम सहभागी भएका थिए । पहिलाे सेमिफाइनलमा डाेटीकाे टिमलाई हराउँदै भैरव प्रसाद गणकाे टिम फाइनलमा पुगेकाे थियाे भने दाेस्राे सेमिफाइनलमा लैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएकाे थियाे ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा संचालन भएकाे गाेल्डकप फुटबल प्रतियाेगितामा उत्कृष्ट खेलाडीकाे उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् ।

प्रतियोगितामा कैलाली, डाेटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डाेटी, भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।

प्रतियोगिताको पुरस्कार दिपायल सिलगढीमा नगरपालिकाका नगर प्रमुख विजय खड्का लगायत अन्य अतिथिहरुले वितरण गरेका थिए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन १०

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP