
दिपायल- सीताराम बहुमुखी क्याम्पस जिजोडामाण्डौंले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विजया दशमी तथा दिपावलीको अवसर पारेर शनिबार क्याम्पसमा कार्यक्रमको आयोजना गरेको हो ।
क्याम्पस प्रमुख चेतराज भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायर प्रमुख अतिथि रहेका थिए ।
शिक्षक दीपक बहादुर साउँदले सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, समाजसेवी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख लक्ष्मिराज पन्तले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बलायरले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले क्याम्पसको भौतिक र शैक्षिक अवस्था सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै ग्रामिण भेगमा स्थापना भएको क्याम्पसको संरक्षण र स्तरोन्नतिका लागि सबैले चासो देखाउनु पर्ने बताए । नगर प्रमुख बलायरले चाड पर्वहरुलाई मौलिक रुपमा आफ्नो संस्कृति जोगिने गरेर बनाउन सुझाब दिदै चाडपर्व भड्कलो र खर्चिलो बनाउनुको साटो शिक्षामा लगानी लगाउन आग्रह गर्दै शुभकामना दिए ।
क्याम्पस प्रमुख भट्टले क्याम्पसको भौतिक र आर्थिक अवस्थाकमा बारेमा जानकारी गराउँदै शैक्षिक र संस्थागत विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले एक आपसमा पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...