२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

केआइसिंह र भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो, रडुवामा सडक अवरुद्ध


दिपायल- शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह र भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अबरुद्ध भएको उक्त सडक खण्डमा एकतर्फी रुपमा सवारी गुडीरहेका छन ।

यता डोटी– डडेल्धुरा जोड्ने केआइसिंह राजमार्ग अन्तरगत रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । त्यहाँ सवारी जाम लागेको यात्रुहरुले बताएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरु जेड्ने सडकहरु ठाउँठाउँमा अवरुद्ध छन् । अधिकांश ग्रामिण सडकहरुमा सवारी साधन चल्न सकेका छैनन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP