
दिपायल- रुकुम पूर्व र मकवानपुरको भीमफेदीमा बस दुर्घटना परी १२ जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी अनुसारका मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा बिहिबार दिउँसो ३ बजेतिर बस दुर्घटना भएकाे हाे।उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएका छन् ।
उता मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा आजै यात्रु मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।उक्त दुर्घटनामा २२ जना घाइते भएकका छन्।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...