२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिम प्रदेश खेलकुद छनोटः भलिबल प्रतियोगितामा डोटीको शानदार जित

दिपायल– धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको छ ।

आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले जानकारी दिए ।

यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए ।

धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ६

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP