२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिम प्रदेश खेलकुद छनोटः डोटी र अछाम भलिबलको फालइनलमा भिड्दै

दिपायल– धनगढीमा जारी पुरुष भलिबल प्रतियोगिताको फाइनलमा डोटी र अछाम प्रवेश गरेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट खेलकुद प्रतियोगितामा डोटी र अछाम फाइनलमा भिड्ने भएका छन् ।

आज विहान भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल साढे दुई बजेबाट सुरु हुने आयोजकले जनाएको ।

विहान भएको खेलमा डोटीले दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेल केही बेरमै सुरु हुने डोटी टिमका म्यानेजर गणेश कठायतले जानकारी दिए । यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको उनले बताए ।

भलिबल प्रतियोगिता धनगढी स्थित कवडहलमा जारी छ । डोटी टिमको प्रशिक्षकका रुपमा लाल जोरा रहेका छन् ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ६

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP