२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह


काठमाडौं- नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । नेपालको संविधान २०७२ले दिएको जिम्मेवारी प्रतिकुल हुने गरी राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणिकरण नगरे पछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् । ‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएको समेत युनियनले बताएको छ ।

युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायीत्व हो ।’ दलहरूका वीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दे राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित नपार्न भनेको छ ।

संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणिकरण नगरे पछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीच द्वन्द्व सृजना भएको युनियनले जनाएको छ । संसदले पठाएको विधेयकलाई राष्ट्रपतिले रोक्ने अधिकार संविधानले नदिएको बताउँदै संविधानको संरक्षक राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट विचलित भएको युनियनले जनाएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP