
चट्याङ लागेर १० जना घाईते भएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका –१ धौलकोटमा चट्याङ पर्दा १० जना घाईते भएका हुन्।
वीरबहादुर बोहोराको दुई तले, पाँच कोठे कच्ची घरमा मंगलवार साँझ चट्याङ पर्दा घरमा रहेका १० जना घाईते भएका हुन्। घाईतेहरुको जाजरकोटको लिम्सा स्वास्थ्य चौकीमा उपचार गरिएको छ। घाईतेहरुको शरिरको विभिन्न भागमा चोट लागेको छ।
घाईतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङबाट केही पशुहरुको मुत्यु भएको जनाईएको छ। घाईतेहरुको उपचार भईरहेको र सबै सामान्य अवस्थामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...