
दिपायल- आदर्श गाउँपालिकामा एक लाख बढीको मदिरा बरामद गरिएको छ । गाउँपालिकाले श्रावण १ गतेदेखि पालिकामा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न रोक लगाएको थियो ।
हाल सम्म गाउँपालिकाका विभिन्न क्षेत्रबाट लुकीचोरी भित्र्याएको एक लाख २० हजार ४ सय ३३ रुपैँया बराबरको मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय मौवाका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । बरामद मदिरा मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
गाउँपालिकाले मदिरा बिक्री वितरण तथा ओसारपसार गरेको पाइएमा मदिरा बरामद गर्नुका साथै जरिवाना गराउने गरेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया धामीले बताइन् । अन्यत्रबाट मदिरा सेवन गरेर गाउँपालिकामा प्रवेश गर्ने व्यक्तिलाई पनि कारबाही गरिने उनले बताइन् ।
मदिरा नियन्त्रणका लागि गाउँपालिकाका सबै टोलहरुमा टोल कमिटि गठन गरिएको छ । मदिरा नियन्त्रणमा केही चुनौतीहरु भए पनि प्रशासन र स्थानीय महिलाहरुको साथले निर्णय कार्यान्वयनमा सहजता भएको उपाध्यक्ष रोकायाले बताइन् । मदिरा नियन्त्रण पछि घरेलु हिंसा, महिला हिंसा, झैझगडा जस्ता घटनाहरुमा कमी आएको उनले बताइन् ।
बरामद मदिरा लिलाम गरेर गाउँपालिकाको आन्तरिक राजश्व कोषमा रकम जम्मा गर्ने गाउँपालिकाले जनाएको छ ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...