२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिमका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिमका साथै गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भारी बर्षाको सम्भावना रहेको छ । आज राति पनि सुदूरपश्चिमका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावाना रहेको छ ।   

अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । गण्डकी र लुम्बिनीका पनि केही ठाउँमा ठूलो बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ 

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७९ आश्विन ४

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP