२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

शिखरमा दीप प्रज्वलन गरेर संविधान दिवस मनाईंयो


दिपायल – शिखर नगरपालिकाले दीप प्रज्वलन गरेर संविधान दिवासनाएको छ । नगरपालिकाको कार्यालयमा सोमबार बेलुकी नेपालको नक्सा, झण्डा र संविधानको आकृति बनाई मैनबत्ती र दीप प्रज्वलन गरिएको हो ।

नेपालको संविधान जनताको हितमा रहेकोले यसको कार्यान्वयन र संविधानले दिएको अधिकार पालन गरेर जनसेवामा तल्लीन हुने नगर उपप्रमुख सुनिता रावलले बताइन् । नेपालको संविधानले जनताको हक अधिकार र जनप्रतिनिधिहरूको कर्तव्यका विषयमा स्पष्ट व्यवस्था गरेको छ,’ उनले भनिन्,’ संविधानले हामीलाई जनसेवामा खटिन निर्देशित गरेको छ । हामी जनताका सेवक हौं। आफ्नो कार्यकाल सेवा र जनहितमा बिताउने छौं ।’

उपप्रमुख रावलले संविधानमा स्थानीय सरकारका लागि व्यवस्था गरिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिइन् । उनले नेपाली जनता र कांग्रेसको लामो संघर्ष पछि प्राप्त भएको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै नेपालीहरु जिम्मेवार हुनुपर्ने बताइन् ।’

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन ३

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP