
दिपायल- संविधान दिवसको अवसरमा जिल्ला कारागार डाेटीका एक बालक सहित दुईजना कैदीबन्दीकाे बाँकी कैद मिनाहा भएको छ ।
हरेक बर्ष असल चालचलन भएका र आधा सजाय भुक्तान गरिसकेका कैदीहरुलाई संविधान दिवसको अवसर पारेर कैद मिनाहा गर्ने गरिएको छ ।
जिल्ला कारागारमा बहुबिवाह मुद्दामा सजाय भोगीरहेका डाेटीकाे केआई सिह गाउँपालिका ४ का अन्दाजी २६ का श्याम बहादुर कार्किको बाँकी कैद मिनाहा भएको हो । २०७७साल ११ महिना २७गतेदेखि बहुविवाह मुद्दामा कार्किलाई २ बर्ष ६ महिना जेल सजाय तोकिएको थियो । उनले १ बर्ष ८महिना कैद भुक्तान गरिसकेका र बाँकी कैद मिनाहा भएको जिल्ला कारागार डाेटीका प्रमुख ( जेलर ) लाल बहादुर बाेगटीले बताए ।
आम माफीका लागि डाेटीबाट २ जनाको नाम सिफारिश गरिएको मा दुबै जनाकाे बाँकी कैद मिनाहा भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन ।
यस्तै डाेटी जिल्ला बाल सुधार गृहबाट १७ बर्षिय बालककाे बाँकी कैद मिनाहा भएकाे जिल्ला बाल सुधार गृह कार्यालय प्रमुख सानुमाया लिम्बू गुरूङ बताईन। गुरुङ अनुसार सवार ज्यान मुद्दामा २०७८/४/५ गते जिल्ला बाल सुधार गृहमा २ बर्ष कैदा जीवन भाेगिरहेका बालकले बाकि कदै मिनाहा भएकाे पनि बताईन ।
हाल जिल्ला बाल सुधार गृहमा ४३ जना रहेकाे र १ जनाकाे कैद मिनाहा संगैअब ४२ जनरहेकाे डाेटी जिल्ला बाल सुधार गृह कार्यालयले जनाएकाे छ।
तेस्तै डाेटी जिल्ला कारागारमा ६६ जना कैदी बन्दिरहेकाे मा १ जनाकाे कैद मिनहा संगै अब ६५ जना कैदीबन्दी रहेका छन् ।
जसमध्ये अछामका १ जना ,बाजुराका २ जना , कैलालिका ५ जना ,कन्चनपुर का १ जना,डडेलधुराका १ जना सिराहा का १ जना र डाेटीका ५४ गरि जम्मा ६५ जना कैदिबन्दिरहेकाे जिल्ला कारागार डाेटीले जनाएकाे छ ।
२५ जना क्षमताको कारागारमा हाल ६५ जना कैदीबन्दी हुँदा व्यवस्थापनमा निकै समस्या भएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ६ सय ८१ कैदीलाई आम माफी दिएकी छिन् ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...