२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कार दुर्घटनामा परी गायक गोपाल सुचिकार सहित डोटीका चार जना घाइते


दिपायल- गायक गोपाल सुचिकार दुर्घटनामा परी घाइते भएका छन् । धनगढीबाट डोटी फर्किने क्रममा कार दुर्घटना हुँदा उनी सहित चार जना घाइते भएका हुन् ।

सु.प.प्र ००१ च ३३६८ नम्बरको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका – २ गजरौलामा दुर्घटना भएको हो । दुर्घटनामा सुचिकार सहित दिपायल सिलगढी नगरपालिका– ३ का अमन सूचिकार, सन्तोस नेपाली र कार चालक कृष्ण ऐर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

कार सडकबाट करिब २५ मिटर तल खसेको थियो । घाइतेको उपचारका लागि उप–क्षेत्रिय अस्पताल डडेल्धुरा लगिएको थियो । घाइते गायक सुचिका र सन्तोसलाई गम्भिर चोट लागेका कारण थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ ।

सुचिकारले गायका, सृजना गरेका दर्जनौ गीत संगितहरु बजारमा छन् ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन ३

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP