२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

बझाङमा कांग्रेसले माओवादीसँग गठबन्धन गर्ने, समाजवादीसँग नगर्ने

बझाङ- बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा भएकाले गठबन्धन नगर्नेसमेत कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।

नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ।’

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP