२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रम देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताउनु भएको छ ।

संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्वाचनले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ, अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु ।’’

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान कानूनी राज्यको आत्मा हो भन्नुभयो ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP