२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

कांग्रेसमा अझै टुंगिएन समानुपातिक बन्दसूची, ७ ठाउँमा छलफल

काठमाडौं- नेपाली कांग्रेसका नेताहरू समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची टुंगो लगाउन छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा ७ प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । नामलाई अन्तिम रुप दिनेगरी छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापति सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशको नाममा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए ।

कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि मात्र निर्वाचन आयोगमा बुझाइने छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP